ECAN Educational Fair

07 August of 2017 by



ECAN Educational Fair


पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पाँचौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी अन्तिम चरणमा पुगेको छ । साउन २७ देखि २९ गतेसम्म पोखराको सभागृह हलमा हुने मेलाको तयारीलाई तिव्र बनाइएको कार्यक्रम संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष रमेशकुमार थापाले जानकारी दिए ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुको परामर्श दिन मेलाको आयोजना गरेको बताए । ‘मेला बिगतको भन्दा बृहत हुनेछ। विदेशमा पढाई हुने कोर्ष, विभिन्न देशको भिसा नीतिको बारेमा हामी मेलामा जानकारी गराउँछौ,’ उनले भने ।

इक्यान शैक्षिक मेला वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी एवं तिनका अभिभावकहरुको लागि प्रभावकारी भएकाले मेलालाई निरन्तरता दिइएको अध्यक्ष मीलन तिवारीले बताए । पोखरा क्षेत्रबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेकाले मेलामा विद्यार्थीको आकर्षण बढ्ने उनले बताए । ‘इक्यानले बिगत वर्षहरुमा आयोजना गरेका मेलाहरु निकै प्रभावकारी बनेका थिए,’ उनले भने, ‘यस पटकको मेलामा विद्यार्थी र अभिभावकको अझ भिड लाग्ने हाम्रो विश्वास छ ।’

मेलामा १५ हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको सचिव भुवन क्षेत्रीले जानकारी दिए । ‘मेलामा एउटै स्थानबाट धेरै परामर्शदातृ संस्था र विदेशका विश्वविद्यालय तथा त्यहाँको शिक्षा प्रणालीका बारेमा विद्यार्थीले जानकारी पाउनेछ,’ उनले भने, ‘त्यहाँ प्राप्त हुनेसक्ने छात्रबृत्ति, सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका पनि मेला उपयोगी हुनेछ । विद्यार्थीले सही सूचना पाउनेछन् ।’

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु, अष्ट्रेिलया, न्युजिल्याण्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने प्रचारप्रसार संयोजक पूर्ण न्यौपानेले जानकारी दिए । प्रदेश नं ४ को सबैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा इक्यान कास्की स्थापित भएकाले मेलाप्रति विद्यार्थीको विश्वास बढेको उनले बताए । मेलामा करिब ७५ स्टल तथा प्याभेलीयन रहने बताइएको छ ।

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET.

kandara-04

Previous:

Kandara Live in Pokhara 2016

Ecan-01

Next:

5TH ECAN EDUCTIONAL FAIR POKHARA

You may also like