Picture Gallery - Visit Myagdi 2007

 

Travel Photography,

This section deals with the daily life impression caught in our Nikon DSLR by our travel photographer. Traveling is for us the best way to discover our own identity and keep an open-mind attitude. Travel experiences always increase our tolerance and confirm the most essential values in life: one should be lucky enough to be able to learn every day, discover unknown places and people and follow the path of your deepest passions".

Any digital materials in this section may not be replicated in any form without the written permission of ThikThak.com.

 

जोक्स र ठिटीका कुराले यात्रा रमाइलो

 

मैले धेरै मान्छे देखेको छु, हिड्न भनेपछि मरेजस्तो । मोटरसाइकल भएसम्म दुइ मिनेटको बाटो पनि चढेरै कुँद्नुपर्ने । तर यही पुस १८ देखि २२ गतेसम्म एउटा रोमाञ्चकारी यात्राको अनुभव संगाल्ने मौका पाइयो । यो यात्रा मोसामा नभई हिडेरै तय गरियो । दुइ मिनेटको बाटो मोसा चढुनुपर्नेलाई पाँच दिनको हिंर्डाई सम्झाँउँदा सायद मनमनै सराप्ने छ ।

पोखराबाट झण्डै एक सय किलोमिटर टाढाको म्याग्दी (वेनी) हुँदै उत्तरतर्फो तोरीपानी, अझ माथिको वाखेत, पुनः फर्किएर सिंघा तातोपानी अनि अर्को तातोपानी भुरुङ हुँदै घारबाट घोरेपानी पुगेर नेपानेको ज्यानमारा पहिरो हुँदै हामी पाँचौ दिनमा पोखरा आइपुगेका थियौं ।

Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007

 

माघ १ गतेबाट सुरु हुने म्याग्दी महोत्सव अघि जिल्ला प्रचारका लागि पोखराबाट पत्रकार र अन्य साथी गरी १५ जनाको टोली (पुस १८ गते) त्यहाँ पुगिएको हो । पोखराबाट वाग्लुङ जानेबाटोमा मालढुंगा पुग्नुअघि गाडि रोकियो । पामे, मर्दी अनि रुपा र वेगनासका माछालाई विर्सिएर गाडि रोकिएको ठाउँमा माछा खाइयो । माछा भनेपछि राम दाई हुरुक्कै । पकाउँदै गर्दा झुण्ड्याइएका काँचा माछा पनि झिकेर खाएकै छ । नाम मात्रकै भए पनि म पनि सात तालको शहर लेखनाथको भएर होला- ठाउँठाउँका माछा चाख्न मनपर्छ मलाई ।

Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007

 

घुम्न र रमाइलोको लागि हिडेपनि पत्रकारको जात छुचुन्द्रो जस्तो । जे देखेपनि सोधेकै छ नौलो लाग्यो कि क्यामेरा ताकिहाल्नुपर्ने । यस्तै गर्दागर्दै वेनीमा पत्रकार सम्मेलन पछि तीन वर्षअघि पोखरामा चलाएको जस्तो टेलिकमको सुस्त इन्टरनेटबाट मैले काठमाडौं (अन्नपूर्ण पोष्ट) र राम दाइले (९७७नेपाल डटकम)मा समाचार पठाइयो । तीन्टा क्याफे चाहरेपछि चौंथोमा वल्ल ठाउँ पाइयो । युद्धक्षेत्रका कारण कुनै वेला लास टेकेर हिड्नुपर्ने वेनी अहिले भने शान्त र पुनर्निमाणमा जुटेको देख्दा खुसी लाग्यो । सोही दिन विरलै मोटरगाडि चल्ने वेनीमाथिको बाटोबाट तोरीपानी पुगियो । यसलाई पनि ज्यानमारा बाटो भन्दिए हुने, गडवड भयो भने एकैचोटी वेनी वजार पुगिने । जे होस् नरवहादुर रोकाको चालकीलाई मान्नैपर्छ । तोरीपानीमा साँच्चीकै तोरी फुलेको थियो । रङरङका फूल उनेका मालामा टाउको छिराउने मौमा जुर्‍यो यहाँ । टिमुर र अन्य विउविजनको व्यावसायिक खेतिका लागि यो प्रख्यात । बोटबाटै टिमुर टिपेर खाँदा पिरपिर्‍याएको जिव्रोको ताल फिट्टु भएको जँड्याहाको ताल जस्तो । चिया खाएर वाखेत उक्लिंदा रात पर्‍यो । एकदुइ कक्षाका वालवालिका गीत उत्पातका । गाउँमा मगरै मगर तर मगर भाषा कसैले नबोल्ने नबुझ्ने । कोदोको तिनपाने खाएपछि गाउँलेकै घरमा सुताइयो हाम्लाई । प्रदीप (इमेज च्यानल) छोयो कि काउकुति लागेर तीनमिटर उछिट्टीने आधा रात त हास्दैमा वित्यो । मगर्नी ठिटीहरुसँग पनि उत्तिकै गफियो । कुण्ड, बाटो, बर्साई जहाँ पनि मगर्नी र अन्य युवती रमाइला । गफ गर्ने फोटो खिचाउने काम कहिं बाँकी रहेन ।

Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007

 

भाले वासोस् नबासोस्- दोश्रो दिन (१९ गते)को यात्रा विहान पाँचै वजे सुरु भयो । सुर्योदय हुने स्थल टोड्के नपुग्दै घाम उदाए । यहाँको सर्ूयादय कस्तो भने चर्को प्रकाशसहित र्सर्ूयपिण्ड बाहिर आउने । त्यसपछि वाखेतका मुला र नास्ता खाँदै वनको बाटो पुगियो जगन्नाथ मन्दिर । बाटोमा हेमराज (रेडियो नेपाल) का जोक्सले हँसाउनु हँसाए । यात्रामा सैगै थिइन्- दिक्षिता अनि उनकी सहयोगी । मुला खाँदै बनको बाटो जगन्नाथ पुग्दा हेमराजका भेज-ननभेज सबै जोक्स सुनियो । ट्रेकिङमा हिडेको हो कि हास्न हिडेको हो- कन्फ्युजन जस्तो भयो घरिघरि त । विवीसीका नारायण कार्की सर पनि रमाइलो र जोक गर्ने मान्छे । उहाँ पनि कम्ति माहिर होइन जोक भन्न । जगन्नाथ मन्दिर माथिको गजाने डाँडामा खान खाँदा दुइ वजेको थियो । यहाँबाट धेरै हिमाल र गाउँ देखिने । बाटोमा फोटो खिच्ने खिचाउने काम त भन्नै परेन । रिल भए पो सकिन्छ कि भन्ने चिन्ता विजुली रिल (मेमोरी कार्ड) भएपछि के चाहियो- किरा, फट्याङ्ग्रादेखि हिमालसम्मका तस्वीर खिचियो । वेलुका पुनः वेनी हुँदै १० किलोटिमर पश्चिमको सिंगातातोपानी पुगेर जीवनमै पहिलोपटक तातोपानी कुण्डमा डुब्दा वल्ल थाह पाइयो- हट वाटर स्प्रिङ (मुल) को मज्जा । भैंसी आहाल खेलेजस्तो बसियो कुण्डमा । विरेनून र गन्धकको गन्ध आउने पानीमा डुब्दै र नजिकैको सोही स्वादको तातोपानी खाँदै डुब्दा रमाइलो अनि उपचार पनि । यात्राका सबै दुखाईलाई ठेगान लगायो त्यो तातोपानीले ।

Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007

 

भोलिपल्ट (२० गते) उठेर पुनः डुवियो कुण्डमा । महिला र पुरुष पालैपालो डुवेपनि फोटो भने सबैको खिचियो । त्यसपछि वेनी पुगेर खाना खाइवरि गलेश्वर-तिप्ल्याङ हिंदै निर्माणाधिन वेनी-जोमसोम बाटो हुँदै अगाडि बढियो । बाटामा सुन्तला खाँदै, पहराका झरना र पारी भित्ताका गाउँ, रङरङका फूल हेर्दै अनि सुन्तला खाँदै हिड्नुको आनन्दै वेग्लै । पहरामा कतिपय मजदूरहरुले विनाज्याला बाटो खनिरहेका । अव दुइ वर्षा जोमशोम सम्म मोसामा पुगिने सेनानी कृष्ण रायमाझीले सुनाए । धन्दा उही तातोपानीमै डुब्ने- भुरुङ पुगेपछि तातोपानी बजार आयो र कुण्डमा डुवियो साँझमा र भोलिपल्ट विहान पनि । रामदाई र म भुरुङ तातोपानीमा राति वेपत्ता भएको, अधिंकांश साथी हिडेर लखतरान भएको, खाना, खाजा, क्यामेरा, चार्ज र गाउँका ठिटीहरुका कुरा यात्राका अरु रोचक पक्ष थिए ।

Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007

चौथो दिन (२१ गते) को यात्रा पुरै उकालो थियो । पाँच घण्टा लाग्ने भनिएको बाटोलाई ठ्याक्कै सिंगो दिन लाग्यो । यो यात्रा घोरेपानीका लागि थियो । घोरेपानीमा तेश्रो ट्राइमा वल्ल होटल मिल्यो । नेपाली भनेपछि जहाँ पनि कोठा दिन गाह्रो । पछि कुरा खुलेपछि भने माफ मागे घोरेपानीका व्यवसायीले । मावोदीले चन्दा लिएका रसिद पर्यटकले त्यहीं देखाए । अर्को दिन (२२ गते) विहानै घोरेपानी माथिको पुनहिलमा आफूलाई मन्त्री भनी परिचय दिने वेल्जियमका भिन्सेन्ट भेटिए । यहाँको सुर्योदय र देखिने धौलागिरी लगायतका हिमाल अद्वितीय । मन्त्रीको इन्टरभ्यू त्यहीं लिइयो र ७५ रुपैयाँ कपको कफि पनि त्यहीं खाइयो । बाटाबाटामा महाविरको ताररहित इन्टरनेट भए पनि समाचार लेख्ने फुर्सद मिलेन । कोही वेला मौसमको खरावीले इन्टरनेटले काम नगर्ने । यो विहानको यात्रा पोखराका लागि थियो । यसका लागि पनि सिंगो दिन लाग्यो । असार ३० गते राति २८ जाना मार्ने ज्यानमार पहिरो यहीं आएको थियो । नफुले पनि घोरेपानीको लालीगुराँस घारीलाई विदाई गर्दै उल्लेरीको ज्यानमारा ओरालोमा पुगियो । यसअघि बाटामा भेटिएका चार जना युवतीले त घोरेपानी नै जाउँ भन्न थाले । अर्को पटक आउँला भनेर टारियो । पहिरोको फलोअप इन्फरमेशन लिएर विरेठाँटी पुग्दा माओावदीको चेकपोष्ट भेटियो । माओवादीका चन्दा सम्वन्धि धारणा बुझेर नयाँपुलबाट पोखरा आउँदा रात परेको थियो ।

Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007
Picture Gallery - Visit Myagdi 2007

रुपनारायण ढकाल
(a2zjournalsit@gmail.com)
Photo: Ram Gurung

 

DONATE to make this site better...

 your name will be published in this site...
 
Download Wallpapers

Grace

Category: Model

Download Wallpaper

Grace

Category: Model

Download Wallpaper
 
IRIS - Hair And Beauty Care Saloon
Travel - Photography

It's perfect when you make your photo folders systematic, we recommend Picasa to systematize your photos.

Our website best viewed in the world's most secured browser, Mozilla. We recommend you to download Mozilla 2.0 (latest version)